बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बरु ऋण लिन्छौँ, खोप सबैलाई दिन्छौँ : प्रधानमन्त्री देउवा

बरु ऋण लिन्छौँ, खोप सबैलाई दिन्छौँ : प्रधानमन्त्री देउवा

प्रतिनिधि सभामा नै सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको यो दोस्रो पटकको प्रतिबद्धता हो। यसअघि गत साउन ३ गते विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक नागरिकलाई सरकारले खोप उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबैलाई निशुल्क खोप दिने बताउँदै आएका देउवाले पुनः आफ्नो प्रतिबद्धता दोहोर्‍याएका हुन्। 

आफ्नो नेतृत्वमा सरकार बनेपछिको पहिलो क्याबिनेट बैठकबाट उनले आगामी चैतसम्ममा सबैलाई खोप दिइसक्ने निर्णय गराएका थिए।शुक्रबारको प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदहरुप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भएपनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिबद्धता पूरा गर्छौं।’

प्रतिनिधि सभामा नै सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको यो दोस्रो पटकको प्रतिबद्धता हो। यसअघि गत साउन ३ गते विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्रकाशित: Jul 23, 2021| 14:54 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।