बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवालाई बंगलादेश भ्रमणको निम्तो

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेश भ्रमणको निम्तो दिएकी छन्। नेपालको प्रधानमन्त्रीमा पाँचौपटक नियुक्त भएकामा आफ्नो देशको तर्फबाट बधाई दिँदै समकक्षी हसिनाले देउवालाई भ्रमणको निम्तो दिएकी हुन्। साथै उनले सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव पनि गरेकी छन्।

प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बंगलादेशी प्रधानमन्त्रीले संसदमा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छन्। निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन्।

उनले बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरेकी छन्।

‘हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ’, उनले भनेकी छन्।

आफ्नो देशले गरेको आर्थिक-सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छन्।

पचास वर्षअघि बंगलादेशको स्वतन्त्रता संग्रामका बेला नेपाली कांग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उनले सन्देशमा उल्लेख गरेकी छन्। प्रधानमन्त्री देउवालाई उनले उपयुक्त समयमा यथासक्य चाँडो बंगलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गरेकी छन्। रासस

प्रकाशित: Jul 23, 2021| 14:31 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।