काठमाडौं- सरकार सञ्चालनमा सहयोग गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको छ।
सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग पुर्याउन भन्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको थियो।
कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।