बिहीबार, भदौ ४, २०८३

अमेरिका पठाइदिने लोभ देखाएर तीन जनाले ठगे ७४ लाख

वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको अभियोगमा ३ जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने २४ वर्षीय बिकास भन्ने बिनोद भुसाल, कास्की पोखरा महानगरपालिका-२ मिरुवा वतन भएका ३१ वर्षीय पुकार गुरुङ र सोही महानगरपालिका-१२ रानीपौवा वतन भएका ३० वर्षीय प्रकास गुरूङ रहेका छन् । 

बिनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाश लगायतका व्यक्तिहरूको बैंक खातामा पटक पटक गरी पीडितलाई ७४ लाख ९ हजार ५ सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने खबर साउन १ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

साथै अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैयाँ ठगी गरेको कसूरमा बिनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनि प्रलोभन देखाई बिनोदसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।

साथै उनीहरूले अमेरिकी दूतावास काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्यूरोले जनाएको छ ।  

प्रकाशित: Jul 23, 2021| 12:06 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।