बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा

निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा

निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- निर्वाचन आयोगको आदेशविरुद्ध जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ।

निर्वाचन आयोगको पार्टी आधिकारिकता कुन पक्षलाई दिने भन्ने विवादको निर्क्योल गर्नुअघि केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सक्कल नागरिकतासहित आयोगमा उपस्थित हुन आदेश दिएपछि ठाकुर पक्ष सर्वोच्च पुगेकाे हो। आयोगले सबै सदस्यलाई साउन ११ गते आयोगमा हाजिर हुन आदेश दिएको छ। 

केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमत भएकाले आयोगको निर्णयविरुद्ध महन्थ पक्ष सर्वोच्च गएकाे हाे। जसपा विवाद समाधान गर्न गठित इजलासले जारी गरेको आदेशलाई उद्धृत गर्दै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित साउन ११ मा उपस्थित हुन आदेश भएको छ।’ 

दल एकता हुँदा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना आयोगमा गएर सनाखत गरेका थिए। अब साउन ११ मा ती सबै कार्यकारिणी समितिका सदस्यहरु आयोगमा पुगेर सनाखत गर्नुपर्ने भएको छ।

प्रकाशित: Jul 23, 2021| 12:06 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।