बिहीबार, भदौ ४, २०८३

माइत हिँडेकी खेट्टी मल्ल जंगलमा मृत भेटिइन्

बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– बैतडीमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको शव डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीय खेट्टी मल्लको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाका अनुसार मल्ल माइतीघर शेरा जानका लागि बिहीबार डडेल्धुराबाट हिँडेकी थिइन्। त्यसपछि उनको सम्पर्क को–कोसँग भयो भन्ने खोजी भइरहेको र प्रत्यक्षदर्शी खोज्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। मल्लको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएकोे छ।

घटनाबारे अनुसन्धानका लागि घटनास्थलमा प्रहरी उपरीक्षकसहितको टोली खटिएको  ओझाले जानकारी दिएका छन्। मल्लकोे शरीरमा घाउचोट केही नरहेकाले अहिले नै हत्या वा मृत्यु के हो खुल्न नसकेको प्रहरीको भनाइ छ।

मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाका अनुसार मृतक महिलाकोे शव नजिकै झोला र छाता भेटिएको छ।

प्रकाशित: Jul 23, 2021| 11:49 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।