बिहीबार, भदौ ४, २०८३

सुजिता आत्महत्या केसमा फेला पर्‍यो नयाँ 'क्लु'

चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न  दुरुत्साहन गरेको (उक्साएको) आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- चितवनकी सुजिता भण्डारीलाई आत्महत्या गर्न  दुरुत्साहन गरेको (उक्साएको) आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–५ का २३ वर्षिय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको हो।

प्रहरीले सुकदेवलाई काठमाडौंबाट बिहीबार पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सुकदेव सुजिताका काकाका छोेरा हुन्। ‘आत्महत्याको दुरुत्साहन गर्ने युवक मृतकको दाइ रहेको खुलेको छ,’ चितवन प्रहरीका एसपी ओेम अधिकारीले भने, ‘उनीहरु आफन्त भए पनि सम्बन्ध शंकास्पद रहेको देखिएको छ।’

सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन्। सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजुबहिनीको मात्र नभइ शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले नै भनेपछि त्यसैको आधारमा अनुसन्धान अगाडि बढाउँदै लगेको प्रहरीले बताएकाे छ।

सुजिता र सचिनले काठमाडौंमा सँगै बस्ने योेजना बनाएको र दिदीकोमा बस्ने भन्दै काठमाडौ आएकी सुजिताले सचिनलाई कोठा खोज्न समेत भनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले सचिनबाट बरामद गरेको फोन र सुजिताकोे मेमोेरी कार्डमा डिलिट गरिएका फोेटाहरु पाइएको जानकारी दिएको छ। सुजिता र सचिनको अवैध सम्बन्ध रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

सुजिताले सचिनलाई विवाह गर्न दबाब पदएको र उनीहरु नातेदार भएकाले विवाह गर्न समस्या भएका कारण उनीहरुबीच कुरा बिग्रेको थियो। असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गरेपछि उनीहरुबीच विवाद भएको प्रहरीले बताएको छ। सुजिताले ‘विवाह नगर्ने भए म  मर्छु’ समेत भनेको चितवन प्रहरीले जनाएको छ।

सुजिताले यति भनेपछि उनीहरुबीच कुराकानी भएको देखिएको छैन। असार ११ गते अचानक बेपत्ता भएकी सुजिताको शव असार २० गते चितवनकोे जंगलमा शव फेला परेकोे थियो। प्रहरीले सचिनलाई नियन्त्रणमा लिई घटनाबारे थप अध्ययन अनुसन्धान गरिरहेको बताएकोे छ।

सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

प्रकाशित: Jul 23, 2021| 11:28 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।