बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

उपत्यकाका ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको खोप कार्ड प्रमाणीकरण आजदेखि काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट हुने भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको खोप कार्ड प्रमाणीकरण आजदेखि काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट हुने भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको हो।

मन्त्रालयको बिहीबारको सचिवस्तरीय निर्णयले सरुवा रोग अस्पतालसहित निजामति अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

यी सबै अस्पतालमा निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम सुरु भइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनुपर्ने र घण्टौं लाइन लाग्नुपर्ने बाध्यताले सरकारको व्यापक आलोचना भएको थियो। विदेश जाने नागरिकलाई गन्तव्य मुलुकले खोप कार्ड प्रमाणीकरण अनिवार्य गरेपछि पछिल्लो दिनमा कार्ड प्रमाणीकरण गर्ने युवाहरुको भिड बढेको थियो।

प्रकाशित: Jul 23, 2021| 11:05 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।