काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौले भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गर्दै विज्ञप्ति जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवाआयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ।
यस्तै, प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ।
