काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार उनले मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय क्याबिनेट बनाएका हुन्। उनीहरूले भर्खरै प्रदेश प्रमुखसँग सपथ लिइसकेका छन्।
मन्त्री बन्नेमा स्याङ्जाका कांग्रेसका प्रदेशसभा सांसद मेखलाल श्रेष्ठ पनि छन्। जेठमा स्याङ्जामा प्रहरीसँग विवाद भएपछि उनले ‘हिसाबकिताब हुन्छ‘ भन्दै धम्की दिएका थिए। प्रहरी निरीक्षक श्याम थापा मगरसँग भनाभन हुँदा उनले भनेका थिए, 'तपाईंको हिसाबकिताब हुन्छ के।' सांसद श्रेष्ठले यस्तो बताएपछि निरीक्षक श्याम थापा मगरले 'हुन्छ हुन्छ। मेरो नाम श्याम मगर हो। बैदाममा कार्यरत छु।'
मन्त्री बन्ने सूचीमा रहेका काँग्रेस सांसद डोबाटे विश्वकर्माको भने नाम अन्तिम समयमा आएर काटिएको छ। तनहुँका डोबाटेको नाम हटाएर कास्कीबाट कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निवाचित काँग्रेस संसद विन्दुकुमार थापा गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन्।
माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री बनाइएका छन् भने। माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री भएका छन्। कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री नियुक्त भएका छन्। उनी बागलुङका हुन्। कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन्।