बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने परम्परा छ : प्रकाशमान सिंह

देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने परम्परा छ : प्रकाशमान सिंह

'देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेको परम्परा हो। त्यसलाई ध्यानमा राखेर प्रधानमन्त्रीले अहिलेको संकटमा नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ,' उनले थपे, 'राष्ट्रिय हितलाई ध्यान राखेर विदेशनीति कायम राख्न उहाँलाई सफता मिलोस्।'
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने परम्परा रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता सिंहले  बताएका हुन्। 

'देश संकटमा पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेको परम्परा हो। त्यसलाई ध्यानमा राखेर प्रधानमन्त्रीले अहिलेको संकटमा नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ,' उनले थपे, 'राष्ट्रिय हितलाई ध्यान राखेर विदेशनीति कायम राख्न उहाँलाई सफता मिलोस्।'

उनले खोप केन्द्रमा कमीकमजोरी देखिएको भन्दै तत्कास व्यवस्थित गर्न पनि आग्रह गरे। उनले भने, 'कोरोना नियन्त्रण गर्ने मुख्य भूमिका निभाएका फ्रन्टलाइनरलाई प्रोहोत्साहित गरोस्। उद्योग, पर्यटन लगायतका क्षेत्रलाई अघि बढाउन सरकारले प्रयत्न गरोस्। जनताले चाहे अनुसारको काम गर्नुस्।'

बाँकी सिंहकै शब्दमा 
कांग्रेस र संसदीय दलको तर्फबाट पार्टी सभापति दलका नेता एंवम् भर्खरै प्रधानमन्त्री हुनुभएका सम्माननीय शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु।  

मैले कुन चाहिँ प्रधानमन्त्री बनेको  बिर्सौँ। निवर्तमान प्रधानमन्त्रीले शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् भनेको। तर दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले पार्टी व्यवस्थापन गर्न नसकेकाले जनतालाई दिएको वाचा पूरा गर्न नसककेको र विधिको मिचेर मेरो बहुमत छ भनेर हुंकारका कारण शेरबहादुर देउवा प्रधामन्त्री बनेका हुन्। 

नवनियुक्त प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु हुने माननीय ज्यू र सम्मानित संसदलाई बधाई दिन चाहान्छु। आफूलाई कानूनको विद्यार्थी भन्छन्, कानून बनाउने संविधान सभाकाकै सदस्यहरु धेरै देख्छु। संविधान बनाउँदा धारा ७६ (५) राख्ने अहिले कल्चर भ्यालुको कुरा गरेर मिल्छ? 

हामी दोस्रो पटक यो लोगो लगाएर यहाँ उभिएका छौं। पुस ५ गते विघटन भयो। दोस्रो पटक जेठ ८ मा गरियो। आफले सत्तामा बस्दा कार्यपालिकाको नेतृत्व गर्दा विधि नियम नमान्ने अहिले आएर चाहिँ जनादेश होइन परमादेशबाट भनेर उहाँहरुले के पाउनुहुन्छ? संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको छ। संविधानको मर्म र व्यव्स्था अनुसार प्रधानमन्त्री हुनुभएको हो। विधि प्रक्रिया मिचेर निर्वाचन गर्न खोज्ने र संघर्ष गरेर प्राप्त भएको संविधानलाई बचाउन कानूनी र राजनीतक लडाईं लडकै हो। आफू सत्तामा हुँदा संस्कारको ख्याल नगर्ने। विपक्षीमा हुँदा चाहिँ मूल्यमन्यताका गफ गर्ने?  

प्रमुखप्रतिपक्षी दल मुस्किलले ३० सांसद भएका दलका नेता प्रधानमन्त्री बन्नुभएको छ। बहुमत प्राप्तले काम गर्न नसक्दा के हुन्छ भन्ने उदाहरण देउवा बन्नुभएको छ। उहाँ भाग्यमानी हुनुहुन्छ भन्ने लागेको छ। ओलीजीको साढे तीन वर्षको समयमा पानीजहाज पनि चलाइसक्नुभएको छ। चुच्चे रेल दुवै छिमेकिलाई जोड्ने काम पनि गर्नुभएको छ। हाइवेमा रनवे पनि बनाइसक्नुभएको छ। 

त्यसै कारण नयाँ प्रधानमन्त्रीलाई काम सहजै अवस्था छ। गएको सरकारको गैरजिम्मेवारीपन छ। अब तपाईको सरकारले जिम्मेवारीपूर्वक व्यवस्थितपूर्वक संविधान र विधिको शासनलाई पालना गरेर काम गर्नुहुनेछ भन्ने विश्वास छ। प्रधानमन्त्री हुन लगत्तै सरकारको प्राथमिकता कोरोना नियन्त्रण र रोकथापमका लागि खोपको प्रतिबद्धता जनाउनुभएको छ। खोप खोप खोप भन्नुभएको त्यो फेमस भइसकेको छ। खोप दिलाउन अन्तर्राष्ट्रि पहल गर्ने र खोप दिनुहुनेछ भन्ने विश्वास छ। 

मुलुकमा कोरोना भाइरस छ। अर्को भाइरस पनि कन्टोल गर्नुपर्छ भन्ने जनताको आवज छ। भ्रष्टाचारको भाइरस नियन्त्रण गर्नुहुनेछ भन्ने विश्वास छ।  संविधानको भावना र मर्म अनुरुप प्रधानमन्त्रीज्यूले ओली सरकारले संघीयतालाई संस्थागतका लागि विधेयकहरु छन्। संघीय विधेयक नबनाई प्रान्तीय र स्थानीय सरकारको गुनासो भएकाले हाउसमा पेन्डिङमा भएका विधेयकलाई प्राथमिकता दिनुहुन्छ भन्ने विश्वास छ।  

कोरोना भाइरसको खोप केन्द्रमा कमिकमजोरी देखिएका छन्। यसमा सरकारले ध्यान दिएर जनतालाई राहत दिने गरी काम गर्नेछ भन्ने विश्वास छ। कोरोना नियन्त्रण गर्ने मुख्य भूमिका निभाएका फ्रन्टलाइनरलाई प्रोहोत्साहित गरोस्। उद्योग, पर्यटन लगायतका क्षेत्रलाई अघि बढाउन सरकारले प्रयत्न गरोस्। जनताले चाहे अनुसारको काम गर्नुस्। देश क्राइसिसमा पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेको परम्परा हो, त्यसलाई ध्यानमा राखेर अहिलेको क्राइसिसमा नेतृत्व दिनुहुनेछ भन्ने विश्वास छ। राष्ट्रिय हितलाई ध्यान राखेर विदेशनीति कायम राख्न उहाँलाई सफता मिलोस्।

प्रकाशित: Jul 23, 2021| 08:50 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।