बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उर्लाबारीमा दुई वर्षभित्र सन्थाल बस्ती निर्माण हुने 

उर्लाबारीमा दुई वर्षभित्र सन्थाल बस्ती निर्माण हुने 

शिलान्यास भएको ४ महिनापछि सन्थाल जातिको व्यवस्थित बस्तीको निर्माणको काम अघि बढेको छ। उर्लावारी ९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि २ बर्षभित्रमा १३२ घर निर्माण गरि हालै ठेक्का सम्झौता भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

विराटनगर– शिलान्यास भएको ४ महिनापछि सन्थाल जातिको व्यवस्थित बस्तीको निर्माणको काम अघि बढेको छ। उर्लावारी ९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि २ बर्षभित्रमा १३२ घर निर्माण गरि हालै ठेक्का सम्झौता भएको छ।

शहरी विकास मन्त्रालय अन्र्तगतको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख गंगा यादवले ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले कार्यदेश समेत पाईसकेको बताए। 

१८ करोडको लागतमा सगुन–शर्मा जेभिले निर्माणको ठेक्का पाएको यादवले बताए। उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारीले घडेरी भएकाहरुलाई घडेरी भएका स्थानमा र अन्यलाई एकै स्थानमा घर निर्माण गरिने बताइन्।

उपप्रमुख भण्डारीका अनुसार २६ परिवारको आफ्नै घडेरी छ। उर्लाबारी नगरपालिकाले गरेको सर्भेक्षण अनुसार १०६ घर परिवार सन्थालको रहेको उपप्रमुख भण्डारीले बताइन्। उनका अनुसार रातेहोली क्षेत्रमा ७० घर परिवार फुसको छानाको घरमा बसिरहेका छन्। 

शहरी विकास मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो। पूरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान गरिएको छ। एकीकृत वस्ती विकास सम्वन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानिय प्रविधि, सिप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने बताइएको छ।

सन्थालको एकिकृत बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधार अन्र्तगत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, विजुलीवत्ति, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बालविकास केन्द्र, सामुदायिक भवन लगायतको संरचना पनि निर्माण गरिने उर्लाबारी नगरपालिकाकी उपप्रमुख भण्डारीले बताइन्। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते सन्थाल बस्ती निर्माणको शिलान्यास गरेका थिए। राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर सन्थाल जातिको जनसंख्या ५२ हजार रहेको छ।    


 

प्रकाशित: Jul 23, 2021| 08:49 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।