बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीतर्फ संकेत गर्दै अष्टलक्ष्मी शाक्यले भनिन्- एक नेताको अहंकारले कम्युनिस्ट आन्दोलन ढल्न पुग्यो

ओलीतर्फ संकेत गर्दै अष्टलक्ष्मी शाक्यले भनिन्- एक नेताको अहंकारले कम्युनिस्ट आन्दोलन ढल्न पुग्यो

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक नेताको अहंकारले गर्दा कम्युनिस्ट आन्दोलन ढल्न पुगेको बताएकी छन्। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एक नेताको अहंकारले गर्दा कम्युनिस्ट आन्दोलन ढल्न पुगेको बताएकी छन्। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। 

केपी शर्मा ओलीको नाम नलिइकनै उनले एउटा व्यक्तिको व्यक्तिवादी सोच, अहंकार र दम्भले आन्दोलनमा धक्का पुगेको बताइन्। ‘कम्युनिस्ट आन्दोलनले सगरमाथा चुमिसकेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादको लक्ष्य बोकेको अघि बढाइसकेको थियो। जनताको ठूलो अभिमत थियो,’ उनले भनिन्, ‘एउटा व्यक्तिका कारण गर्ल्याम्म एकैचोटि माथिबाट तल झर्‍यो। कम्युनिस्ट आन्दोलन अहिले धराशायी हुन पुग्यो। दक्षिणपन्थी, अवसरवादी, व्यक्तिवाद र सर्वसत्तावादी सोचले गर्दा आन्दोलन ढल्यो।’

उनले आफूहरूले चालेको कदमले आन्दोलन र व्यवस्था जोगिएको भन्दै अब कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढ्नै पर्ने बताइन्। ‘कम्युनिस्ट पार्टीभित्र संस्कार छैन। युवाहरुलाई बादरको मुकुन्डो लगाएर सडकमा पठाइँदैछ। यो चिन्ताको विषय भएको छ। नेतृत्वले यो किन गर्‍यो यो निकै गम्भीर विषय हो,’ उनले भनिन्। कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बने पनि देशमा भ्रष्टाचारलगायतका विषय व्याप्त भएको भन्दै यसतर्फ पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताइन्। 

‘७२ वर्ष पूरा भयो नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको। यो कम्युनिस्ट आन्दोलनको मसिनो गरेर समीक्षा गर्नुपर्छ भन्ने लागिरहेको छ,’ उनले भनिन्, ‘कम्युनिस्ट आन्दोलनमा सिंगो जीवन दिएका नेता हुनुहुन्छ अहिले पनि त्यसको पनि अब लिपिबद्ध गर्नका लागि महत्वपूर्ण छलफल गर्नुपर्छ भन्ने लागेको छ।’ कम्युनिस्ट आन्दोलनको समीक्षा आवश्यक देखिएको उनको भनाइ छ। पुष्पलाल सिद्धान्तमा निकै अडिग र प्रष्ट रहेको उनले उल्लेख गरेकी थिइन्। 
 

प्रकाशित: Jul 23, 2021| 08:39 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।