बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंक ह्याकिङको धम्कीमा अमेरिकी नम्बरको प्रयोग, साइबर ब्युरोले थाल्यो अनुसन्धान

बैंक ह्याकिङको धम्कीमा अमेरिकी नम्बरको प्रयोग, साइबर ब्युरोले थाल्यो अनुसन्धान

ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा वाणिज्य बैंकको बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्ने भएको छ। 
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा वाणिज्य बैंकको बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रहरीको अनुसन्धान ब्युरोलाई अनुसन्धानका लागि औपचारिक रुपमा आग्रह गरेपछि राष्ट्र बैंक र साइबर ब्युरोको संयुक्त अनुसन्धान टोली खटाई अनुसन्धान सुरु गरिएको हो । 

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार नेपाल राष्ट्र बैंकको आग्रहमा साइबर ब्युरोले शुक्रबारदेखि नै अनुसन्धान अगाडि बढाएको छ । 

बिहीबार ह्याकरले बैंकहरु ह्याक गर्ने धम्कीसहित नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई फोन गरेको थियो। त्यस्तै ढकालसहित सहप्रवक्ता नारायणप्रसाद पोख्रेल र बैंकर अनिल शाहलाई इमेल गरेको दाबी गर्दै बैंकहरुमा इमेल गरिएको थियो। 

‘हामीले यस विषयमा राष्ट्र बैंकको पत्र पाउनेबित्तिकै अनुसन्धान सुरु गरेका छौं,’ प्रवक्ता अर्यालले नेपाल समयसँग भने, ‘अब अनुसन्धान प्रक्रिया अगाडि बढ्छ । 

हाल अनुसन्धानको प्रक्रियामा रहेकोले केही भन्न नसकिने अवस्था रहेको अर्यालले जानकारी दिए। ह्याकिङको धम्कीसहित फोन र इमेल आएपछि राष्ट्र बैंकले अध्ययन सुरु गरेको थियो। प्रारम्भिक अध्ययनमा प्रवक्ता र सहप्रवक्तालाई फोन गर्न ह्याकरले अमेरिकी नम्बर प्रयोग गरेको देखिएको छ। पोखरेललाई फोन गर्न तीनवटा त्यस्ता नम्बर प्रयोग भएका थिए। राष्ट्र बैंकले फोन आएको नम्बर र इमेल आइडीसहित अनुसन्धानका लागि साइबर ब्युरोलाई अनुरोध गरेको छ।

बुधबार र बिहीबार राष्ट्र बैंक र नेपालका सबै वाणिज्य बैंकहरुले आफ्नो आइटी निगरानीमा राखे। तर, कसैले पनि ह्याक गर्ने प्रयास भने गरेन। 

राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई आइटी सिस्टमबारे अपडेट दिइरहन निर्देशन दिएको थियो। त्यसैअनुसार बैंकहरुले बिहीबार दिनभरजसो राष्ट्र बैंकलाई आइटी सिस्टमको बारेमा जानकारी गराइरहे। राष्ट्र बैंकले पनि आन्तरिक निगरानी बढाएको थियो भने बैंकका ग्राहकको मनोबल गिर्न नदिन नेपालको बैंकिङ क्षेत्रको आइटी सिस्टम निक्कै चुस्त र राम्रो रहेको बताएको थियो।

प्रकाशित: Jul 23, 2021| 07:57 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।