बिहीबार, भदौ ४, २०८३

को हुन ओलम्पिकमा सबैभन्दा धेरै मेडल जित्ने खेलाडी?

शुक्रबारबाट जापानमा ३२औं गृष्मकालिन ओलम्पिक सुरु हुँदैछ। गएको बुधबारबाटै खेलहरू सुरु भए पनि प्रतियोगिताको औपाचारिक उद्घाटन आज नेपाली समय अनुसार ४:४५ मा हुने छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- शुक्रबारबाट जापानमा ३२औं गृष्मकालिन ओलम्पिक सुरु हुँदैछ। गएको बुधबारबाटै खेलहरू सुरु भए पनि प्रतियोगिताको औपाचारिक उद्घाटन आज नेपाली समय अनुसार ४:४५ मा हुने छ।

जापानले आयोजना गरेको टोक्यो ओलम्पिकमा सहभागी बन्नका लागि विश्वभरका ११ हजार खेलाडी टोक्योमा पुगिसकेका छन्।

उनीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै ओलम्पिकमा आफ्नो नाम लेखाउनेछन्। र, देशका लागि इतिहास बनाउने छन्।

ओलम्पिकमा आफूलाई प्रस्तुत गर्नेमध्ये कतिपय खेलाडी यस्ता हुन्छन्। जसको खेलप्रतिको योगदान संसारले भुल्न सक्दैन्। त्यस्तैका एक हुन् अमेरिकी स्विमर माइकल फेल्प्स। उनी ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी हुन्। उनले २८ पदक जितेका छन्। ती २८ पदकमध्ये २३ स्वर्ण, तीन रजत र दुई काश्य पदक हुन्।

फेल्प्सले २००४ मा एथेन्समा सम्पन्न ओलम्पिकमा ६ स्वर्ण पदक जिते। साथै दुई काश्य पनि जितेका थिए। त्यसको चार वर्षपछि र उनले आठै प्रतियोगितामा गोल्ड मेडल जिते।

त्यसपछि, उनले लन्डनमा २०१२ मा भएको खेलमा थप चार गोल्ड मेडल जिते। दुई रजत पनि जिते। उनले २०१६ मा भएको पछिल्लो गृष्मकालिन ओलम्पिकमा पाँच स्वर्ण र एक रजत जित्दै रियो द जेनेरियोबाट ओलम्पिक केरियर अन्त्य गरे।

त्यो ओलम्पिकसँगै उनी २८ पदकका विजेता हुन्। जुन विश्व कीर्तिमानसमेत हो। 

लुरिसा लटुनिना : सर्वाधिक सफल महिला ओलम्पियन

फेल्पको सीधा पछि सर्वाधिक धेरै पदक जित्ने खेलाडीमा लुरिसा लटुनिना छिन्। उनले सबै खोलम्पिकमा गरि १८ मेडल जितेकी छन्। त्यो उनले १९५६ देखि १९६४ बीच जितेकी हुन्।

उनले अन्तिम ओलम्पिक टोक्योमै खेलेकी थिइन्। त्यसले उनलाई सर्बकालिन सर्वाधिक सफल महिला ओलम्पियन बनाएको छ।

उनले १९५६ को मेलबर्नमा भएको ओलम्पिकमा डेब्यू गर्दै पहिलो ६ पदक जितेकी थिएन्। उनले जिवनमा जितेका ९ स्वर्णमध्ये चार स्वर्ण, पाँच रजतमध्ये एक रजत र पाँच काश्यमत्तये एक काश्य त्यही ओलम्पिकमा जितेकी थिइन्।

त्यस्तै, चार वर्षपछि रोममा भएको ओलम्पिकमा उनले तीन स्वर्ण, दुई रजत र एक काश्यमा कब्जा जमाइन्। र, १९६४ मा टोक्योमा भएको पहिलो एसियाली ओलम्पिकमा उनले थप ६ पदक जितिन। त्यहाँ उनले दुई स्वर्ण, दुई रतज र दुई काश्य जितेकी थिइन्।

उता त्यसपछि १५ पदकको उपाधि भने दुई खेलाडीले साझा गरेका छन्। जहाँ नर्वेजियन स्टराइकर म्यारिट जोर्गेन र सोभियत जिमन्यास्ट निकाले एन्ड्रिनोभले साझा गरेका छन्।

त्यस्तै, चौथो स्थानमा समान १३ पदक जित्ने चार खेलाडी छन्। जहाँ नर्वेका ओले जोर्नडलेन, सोभियत संघका बोरिस शक्लिन, इटालीका इडुबर्डो मागिअरोट्टी र जापानी  जिमन्यास्ट ताकाशी ओनो छन्। त्यसपछि १२ पदक जित्ने ९ खेलाडी छन्।

प्रकाशित: Jul 23, 2021| 07:53 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।