बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस महामन्त्री खड्काको नेतृत्वमा कार्यदल बनाउने सत्तारुढ गठबन्धनको तयारी

कांग्रेस महामन्त्री खड्काको नेतृत्वमा कार्यदल बनाउने सत्तारुढ गठबन्धनको तयारी

सत्तारुढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल बनाउने भएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल बनाउने भएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाउन लागिएको हो। 

सरकारले गर्ने कामका बारेमा न्यूनतम साझा कार्यक्रम बनाउने, मन्त्रालय बाँडफाँट गर्ने र राजनीतिक नियुक्तिका विषयमा छलफल र सरकारलाई सहयोग गर्न कार्यदल बनाउन लागिएको सत्ता गठबन्धनका एक नेताले जानकारी दिए। सम्भवतः आजै कार्यदल बनाउने र कार्यदलको बैठक बस्ने ती नेताले जानकारी दिए। 

कार्यदलमा कांग्रेसबाट खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहने चर्चा छ। यस्तै  माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन्। एमालेको माधवकुमार नेपाल समुहलाई समेत कार्यदलमा समावेश गर्ने तयारी भइरहेको बुझिएको छ। 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले असार ३ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। पहिलो चरणमा कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जनालाई मन्त्री बनाएका देउवाले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्। कार्यदलले मन्त्रीपरिषद् विस्ताका लागि पनि देउवालाई सघाउने छ।

याे पनि पढ्नुहाेस्

देउवाको परीक्षामा 'मौन' महामन्त्री खड्का

 

प्रकाशित: Jul 23, 2021| 07:11 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।