काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
रावलले सभाामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा फिर्ता लिएका हुन्। उनले पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि रावल राजीनामा फिर्ता लिन राजी भएका थिए।
एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलसहितको कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको प्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेसँगै सांसद पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि साउन ३ गते प्रतिनिधि सभा बैठक बस्नुअघि उनले राजीनामा दिएका थिए।
बुधबार नेपालसहित सुदूरपश्चिमका नेता तथा सांसदहरूले रावलको निवासमा नै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
यो पनि पढ्नुहोस्,