काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज बिहान बालुवाटार पुगेर मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले भेटवार्तामा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रण, कोरोनाविरुद्धको खोप र सुदूरपश्चिम प्रदेशको समग्र विकासको बारेमा छलफल गरेको जानकारी दिए।