बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसलाई जिताउन पार्टीको नेतृत्व लिन चाहन्छु : निधि

कांग्रेसलाई जिताउन पार्टीको नेतृत्व लिन चाहन्छु : निधि

 ‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा सम्पूर्ण नेताकार्यकर्तालाई साथ र सहयोग दिन उनको अपिल छ। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउनका लागि नेतृत्वमा पुग्न चाहेको बताएका छन्।महोत्तरीको जलेश्वरमा महेश्वर सिंह स्मृति भवनको उदघाटन एवं नेता महेश्वर सिंहको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति निधिले पार्टीलाई थप सुदृढ बनाएर चुनावमा जिताउन सभापतिमा उम्मेदवारी दिन लागेको स्पष्ट पारेका हुन्।

 ‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा सम्पूर्ण नेताकार्यकर्तालाई साथ र सहयोग दिन उनको अपिल छ। 

नेपाली कांग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी रहेकाले आफूले पार्टीको यो लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका उनले कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने दावीसमेत गरे। 

एक अर्को प्रसंगमा निधिले कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका थिए। अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्ताहरुलाई उपसभापति निधिले निर्देशन दिएका थिए।

प्रकाशित: Jul 22, 2021| 15:48 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।