पोखरा- लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको सरकारमा जाने सांसदको टुंगो लागेको छ।
आज (बिहीबार) भएको छलफलमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा कास्कीका रामजी बराल, स्याङ्जाका दीपक घर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढामगर मन्त्री बन्ने सहमति भएको छ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहदुर चुमानका अनुसर बराललाई अर्थ मन्त्रालय दिने, दीपकलाई उध्योग तथा बाताबरण र चन्द्रबहादुरलाई कृषि तथा भुमिसुधार मन्त्रालय दिने सहमति भएको हो।