बिहीबार, भदौ ४, २०८३

ओली र नेपाल वार्ताका लागि सहमत, समय तय हुन बाँकी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।

विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुको पहलमा दुई नेता भेटवार्ताका लागि तयार भएका हुन्। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुवै नेता भेटवार्ताका लागि तयार भएको जानकारी दिए। 

‘हामीले कुरा गर्दा उहाँहरु भेट्न सहमत हुनु भएको छ’, उनले भने, ‘समय र स्थान तय भइसकेको छैन। तर, आज र भोलि जुनसुकै बेला पनि भेटवार्ता हुन सक्छ।’

नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले पनि दुई नेता भेटवार्ताका लागि सहमत भएको बताए। नेकपा एमालेको आज सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि एकताका लागि पहल गर्ने निर्णय गरेको थियो।

नेता माधवकुमार नेपालले पनि सम्मानजनक पार्टी एकतामा रहेको बताइसकेका छन्। विवाद समाधान गर्न कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन र पछिल्लो ओली र नेपालमाथि उनीहरू निकटकै नेताहरूको पनि दबाब बढेकाले दुई नेताबीच भेटवार्ता भएर विवाद समाधानको दिशातर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Jul 22, 2021| 13:39 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।