बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सानेपामा धर्नैधर्ना, काउन्टर दिन संस्थापन पक्ष पनि बस्यो धर्नामा  

सानेपामा धर्नैधर्ना, काउन्टर दिन संस्थापन पक्ष पनि बस्यो धर्नामा  

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै धनुषा, सर्लाही र बाराका संस्थापनइतर समूहका कार्यकर्ता केही दिनयता धर्ना र अनशनमा छन्।  
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै धनुषा, सर्लाही र बाराका संस्थापनइतर समूहका कार्यकर्ता केही दिनयता धर्ना र अनशनमा छन्।  

बाराका नेता कार्यकर्ता १२ दिनयता धर्नामा छन्। उनीहरुको धर्नालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटैलालगायतका नेताहरुले समर्थन गरेका छन्। अनशनस्थलमै पुगेर उनीहरुले समर्थन जनाइसकेका छन्। तर, संस्थापन पक्षले भने अनशनमा बसेका नेता–कार्यकर्तासँग छलफल गरेको छैन। बरु संस्थापनइतर समूहका कार्यकर्तालाई काउन्टर दिन संस्थापन समूहले समेत धर्ना दिन थालेको छ। 

सानेपास्थित केन्द्रीय कार्यालयको प्रांगणमा संस्थापन समूहका बाराका नेता–कार्यकर्ताले धर्ना थालेका छन्। इतर समूहले मापदण्डविपरीत क्रियाशील बाँडेको भन्दै धर्ना जारी राख्दा संस्थापन पक्षबाट काउन्टर दिन धर्नामा बसेका नेता–कार्यकर्ताले भने मापदण्डअनुरुप नै क्रियाशील बाँडिएकोले सदर हुनुपर्ने माग अघि सारेको छ।

संस्थापन समूहको धर्नाको नेतृत्व कांग्रेस बाराका कार्यसमितिका सभापति जयचन्द्र चौरासियाले गरेका छन्। ‘जिल्ला कार्य समितिले गरेको सिफारिस मापदण्डअनुसार नै छ। त्यसैले जिल्ला कार्य समितिको सिफारिस सदर हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘थप साथीहरु धर्ना बस्न आउँदै हुनुहुन्छ।’ 

इतर समूहको धर्नाको नेतृत्व गरिरहेका पूर्वसांसद लालबाबु सिंह, रामअयोध्याप्रसाद यादव र पूर्वजिविस सभापति राजेन्द्र यादव भने क्रियाशील जथाभावी बाँडिएकाले सच्चिनुपर्ने बाउँछन्। ‘विधि विधानविपरीत जथाभावी रूपमा नयाँ क्रियाशील थप गरिएको छ। नसच्चिउन्जेल हाम्रो संघर्ष जारी रहन्छ।’ 

मापदण्डविपरीत वितरण गरिएको क्रियाशील सदस्यता रद्ध गर्नुपर्ने माग राखेर धनुषाका नेता–कार्यकर्ता पनि अनशनमा छन्। अनसन बसेका पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवको स्वास्थ्य कमजोर बनेको छ। उनले स्टार अस्पतालमा चेकजाँच गराएका छन्। कांग्रेस सर्लाहीका नेता रामगोविन्द राय दुई दिनदेखि केन्द्रीय कार्यालयमा अनशनमा छन्।  

कार्यकर्ता अनशनमा पार्टी बैठक घरमा 

क्रियाशील विवाद चर्किएर कार्यकर्ताले केन्द्रीय कार्यलय परिसरमा धर्ना दिएपछि कांग्रेसले पदाधिकारी बैठक प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवासमा बोलाएको छ। देउवा प्रधानमन्त्री बनेपछि २ पटक बालुवाटारमा बैठक बसेको थियो। तर, प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक बसेको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो। सोही कारण शुक्रबार देउवाले निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्। पार्टी कार्यालयको धर्ना र सरकारी निवासमा बैठक गर्दा हुने आलोचनालाई ध्यानमा राखेर बूढानीलकण्ठमा बैठक ठाकिएको देउवाको सचिवालयले जनाएको छ। 

महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका औपचारिक बैठक अब बालुवाटारमा नबस्ने बताए। 
‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदैनन्। त्यसको थालनी स्वरुप भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दैछ,’ उनले भने।

बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता विवाद र मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल हुने बताइएको छ।

 

तस्बिरहरु : दिनेश श्रेष्ठ

 

प्रकाशित: Jul 22, 2021| 13:06 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।