काठमाडौं- जापान सरकारले अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप केही दिनमै नेपाल आउने भएको छ। जापानले नेपाललाई अस्ट्राजेनेकाको १६ लाख डोज कोभिशिल्ड खोप दिने घोषणा गरिसकेको छ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा १६ लाख डोज खोप केही दिनमै नेपाल आइपुग्ने बताएका हुन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युताकाले देउवालाई प्रधानमन्त्री बधाई तथा ‘मायाको चिनो’ दिएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले जापानले उपलब्ध गराउने खोप केही दिनमै नेपाल आइपुग्ने जानकारी ट्विटरमार्फत् दिएका छन्।