बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भड्किएका साथीहरु जुनजुन पदमा हुनुहुन्छ आउनुस्, मिलेर अघि बढौं : ओली

भड्किएका साथीहरु जुनजुन पदमा हुनुहुन्छ आउनुस्, मिलेर अघि बढौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा अन्तरसंघर्ष गरिरहेकालाई मिलेर अघि बढ्न आग्रह गरेका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा अन्तरसंघर्ष गरिरहेकालाई मिलेर अघि बढ्न आग्रह गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीभित्र संघर्ष गरिरहेकाहरुलाई अब एकजुट भएर अघि बढ्नुपर्ने भन्दै मुलधारमा आउन आग्रह गरे।

‘बाटो बिराएका, भड्किएका साथीहरूलाई भन्न चाहन्छौं, जो जुनजुन पदमा हुनुहुन्छ आउनुस् यो आन्दोलनलाई मजबुत पारौं, एकजुट भएर जाउ म भन्न चाहन्छु।’ ओलीले थपे, ‘आफ्नो कारणले यो आन्दोलनले ठूलो क्षति व्यहोरेको छ त्यसैले आज स्मृति दिवसमा म बाटो बिराएका सबैलाई सही बाटोमा फर्किएर अघि बढ्न आह्वान गर्दछु।’

ओलीले पुष्पलालले अगाडि सारेका विचारहरु पछिल्लो समय जबजले प्रतिनिधित्व गरेको दाबी गरे।

ओलीले आफूहरुलाई बलियो जनादेश रहेको र बर्तमान सरकार परमादेशले बनेको दोहोर्‍याए। उनले नेकपा एमाले संघीय संसददेखि प्रदेश र स्थानीय तहसम्म बलियो अवस्थामा रहेको बताए।

साथै कार्यक्रममा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भनेर पुष्पलालले पहल गरेको स्मरण गरे।

उनले कांग्रेसले गल्ती गर्दा ०१७ सालमा कु भएको बताए। उनले भने, ‘आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलाल श्रेष्ठको स्थापना दिवस मनाइरहेका छौं। हामी सबै संस्थापकलाई सम्झिन चाहन्छौं। उहाँ एउटा दार्शनिक योजनाकार व्यक्तित्व हो। पुष्पलालले त्यति बेला नेपाली समाजको परिवर्तनका लागि ठूलो योगदान गर्नुभएको थियो।’

प्रकाशित: Jul 22, 2021| 10:46 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।