काठमाडौं- चितवनमा बिहीबार बिहान मृत अवस्थामा भेटिएको शव नेपाली सेनामा कार्यरत भरत गुरुङको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार ३६ वर्षीय गुरुङ काठमाडौंस्थित महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत थिए।
‘मृतकको टाउकोमो गोली लागेको देखिएको छ। घटनास्थलबाट गोलीको खोकासमेत भेटिएको छ,’ एसपी अधिकारीले भने, ‘तर, के कसरी घटना भयो, अहिले नै खुल्न सकेको छैन। हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ। चितवनमा मृतकको आफन्तको घर रहेछ। त्यही कारण यता आएको पाइएको छ।’
बिहीबार गुरुङको शव चितवन, भरतपुर-१७ स्थित सिमलडाँडा घोलको पानीभित्र भेटिएको थियो। उनी नेपाली सेनाका हुद्दा पदमा कार्यरत रहेको पाइएको प्रहरीले बताएको छ।