काठमाडौं- टोक्यो ओलम्पिक आयोजक समितिले उद्घाटन समारोहको निर्देशकलाई बर्खास्त गरेको छ। समितिले ओलम्पिकको उद्घाटनको एक दिनअघि मात्र निर्देशक केन्तारो कोबायाशीलाई बर्खास्त गरेको हो।
२३ वर्षअघि (सन् २९९८) मा ‘होलोकस्ट’ (मानविय संहार) बारे भद्दा मजाक गरिएको कारण उनलाई बर्खास्त गरिएको हो। आयोजक समितिका अध्यक्ष सेइको हासिमातोले कोबायाशीलाई बर्खास्त गरेको बताएकी हुन्।
उनलाई होलोकस्टलाई मजाकको विषय बनाइएको आरोप लागेको छ। उनले एक कार्यक्रममा ‘अब होलोकास्ट खेलौं (लेट्स प्ले होलाकस्ट)’ भन्ने प्रतिकृया दिएका थिए।
‘उनले प्रदर्शनमा एक ऐतिहासिक सम्वेदनाको विषयलाई भद्दा मजाकको विषय बनाएको पाइएको छ। जनु समाजकको हितविपरित थियो,’ हासिमोतोले भनेकी छन्, ‘हामी उद्घाटनको एक दिनअघि यस्तो निर्णयमा पुगेकाले निकै दु:खी छौं। यसले ओलम्पिकको आयोजनाका केही समस्या भने पैदा गरेको छ र सहभागी संस्था र समर्थकलाई हानी भएको छ।’
यता ओलम्पिक उद्घाटन भने पहिलोपटक दर्शकविना गर्न लागिएको छ। जहाँ कोभिड–१९ को महामारीका कारण प्रतियोगिता एक वर्षपछि धकेलिएको थियो। कोभिडका कारण र व्यवस्थापनाका कारण असहज भए पनि तोकिएकै हिसाबमा उदघाटन हुने बताइएको छ।
यो हप्ताकै सुरुमा पनि कम्पोजर कोइगो ओयमाडाले बनाएको धुनमा पनि परिवर्तन गर्नु परेको थियो। उनको संगीतको एक हिस्सा प्रयोग नगरिने भएको छ।
‘हामी सुरुबाटै प्रतियोगिताको सकारात्मक सन्देश दिन चाहन्थ्यौं,’ हासिमोतोले भनेकी छन्, ‘तर, सबै तयारीको अन्तिममा कहि न केही घटना भइरहेका छन्। जसले ओलम्पिकबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ।’
यो नकारात्मक घटनाको प्रभाव सकारात्मक पनि हुनसक्छ भन्दै उनले आफूहरूले आशा व्यक्त गरेको प्रतिक्रिया दिएकी छन्। प्रतियोगिता सुरु हुन केही हप्ता अघिबाट जापानी सरकाले महामारीको समयमा खेल आयोजना गरेको भनेर आलोचना बेहोरेको थियो।