बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यातायात व्यवसायीको विरोध प्रदर्शनले अस्तव्यस्त रिङरोड

यातायात व्यवसायीको विरोध प्रदर्शनले अस्तव्यस्त रिङरोड

भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर यातायात व्यवसायीहरूले काठमाडौंको चक्रमथमा सवारीसहितको र्‍याली निकालेका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर यातायात व्यवसायीहरूले काठमाडौंको चक्रमथमा सवारीसहितको र्‍याली निकालेका छन्।

National life

व्यवसायीहरूले बिहीबार बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा भएको र्‍याली बालाजु, नयाँ वर्षका क्षेत्रबाट निकालिएको थियो। सो र्‍यालीले रिङरोड परिक्रमा गरेको छ। 

साना–ठूला सार्वजनिक गाडीहरू एकसाथ रिङरोडमा निस्किँदा सडक करिब ठप्प भएको छ। आफ्नो गन्तब्यतर्फ हिडेका सर्वसाधरण जामकै कारण बाटोमा अड्किएका छन्। मुख्य सडकअवरुद्ध हुँदा सहायक सडकहरूमा पनि ट्राफिक जाम भएको छ। 

Shivam cement

उनीहरूले उपत्यकामा चल्ने सवारीमा पनि तत्काल भाडा बढाउनु पर्ने, कोभिड खोपको व्यवस्था गर्नुपर्ने, २० वर्ष अवधि पुगेका सवारीसाधनको अवधि थप गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने लगायत माग राखेका छन्।

प्रकाशित: Jul 22, 2021| 06:37 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।