बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनको सिमलडाँडामा युवकको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवनको सिमलडाँडामा युवकको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-१७ स्थित सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-१७ स्थित सिमलडाँडा घोलको पानी भित्र शव भेटिएको छ।

डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोतर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको हो। मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। 

गोली हानी हत्या गरिएको हुनसक्ने उनले बताए। मृतकको पहिचान भएको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित: Jul 22, 2021| 05:22 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।