बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्छ : माधव नेपाल

पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्छ : माधव नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्ने धारणा राखेका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउखटिरालाई औषधिले निको बनाउनुपर्ने बताएका छन्।

कम्युनिस्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले पार्टीभित्रका कमीकमजोरी हटाई शुद्धीकरण गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।

'पार्टीलाई नयाँ ढंगबाट अगाडि बढनुपर्छ। नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ। सबै कुराको केन्द्रबिन्दु जनता नै हुन्। यसमा संवेदनशील हुनुपर्छ। सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ। त्यो आँट र साहस चाहिन्छ। पार्टीभित्र घाउखटिरा छन् भने तिनले पीडा दिन्छन्। र, तिनलाई औषधिले निको बनाउनुपर्छ', उनले भने।

उनले राजनीतिक दल व्यवस्थित र संगठित हुन सक्नुपर्ने धारणा राखेका थिए। नेताले आफ्नो विचार र मान्यतामा सत्तिसाल झै उभिन सक्नुपर्ने उनले बताए। नेताले व्यहार र चुनौतीको कसिबाट खारिँदै जानु पर्ने उनको विचार थियो। देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि नबढ्दासम्म कनै पनि नेता सफल नहुने उनले बताए।

उनले कम्युनिस्ट आन्दोलनलाई व्यवस्थित बनाएर लैजानु पर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको बताए। उनले एमालेलाई जनताको पार्टी बनाउनु पर्ने र त्यही बाटोमा लैजानु पर्ने धारणा राखेका थिए। 

उनले आफूले बनाएको घर त्यसै कसैले छाड्न नचाहने तर अपमान सहेर बस्न पनि नसकिने बताएका थिए। 'पार्टीमा नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन। मानिसले आफ्नो लक्ष्य, विचार र दृष्टिकोणलाई अगाडि बढाउनुपर्छ', उनले भने।

पार्टीमा गलत कुरोलाई सहेर बसियो भने दास प्रवृति मौलाउँदै जाने नेता नेपालले बताए। 'कम्युनिस्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृतिलाई सबैले त्याग गर्न सक्नुपर्छ', उनले भने।

प्रकाशित: Jul 22, 2021| 04:46 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।