बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना खोप, उपचार र जनताको भोकमरीमा सरकारको ध्यान केन्द्रित होस् : माधव नेपाल

कोरोना खोप, उपचार र जनताको भोकमरीमा सरकारको ध्यान केन्द्रित होस् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना खोप, उपचार व्यवस्थापन तथा भोकमरीमा भएको जनताको विषेश ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना खोप, उपचार व्यवस्थापन तथा भोकमरीमा भएको जनताको विषेश ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन्। 

कीर्तिपुरको चम्पादेवीमा रहेको पुप्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, 'जनता भन्दा ठूलो कोही हुँदैन। सरकारले पहिलो प्राथमिकताका साथ जनताको स्वास्थ्यमा ध्यान दिनुपर्छ।' उनले अहिले मुलुक कोरोनाले थिलथिलो भएको बताएका छन्।

प्रकाशित: Jul 22, 2021| 03:57 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।