काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान गर्न निर्वाचन आयोगको इजलास आज (बिहीबार) पनि बस्दै छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।
यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो। आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो।
जसपा भित्र देखिएको विवाद विभाजन कै तहमा पुगेकाले आजको निर्णयले केही ठोस निष्कर्ष निकाल्ने बुझिएको छ।