बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुष्पलालको स्मृतिमा एमाले दुवै समूहका छुट्टाछुट्टै कार्यक्रम

पुष्पलालको स्मृतिमा एमाले दुवै समूहका छुट्टाछुट्टै कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औं स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा विविध कार्यक्रम गरी पुष्पलालको सम्झना गरिँदै छ। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औं स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा विविध कार्यक्रम गरी पुष्पलालको सम्झना गरिँदै छ। 

पुष्पलालको स्मृति दिवसका अवसरमा नेकपा एमालेको केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै छन्।

नेपाल समूहले अहिले बिहान कीर्तिपुरको चम्पादेवीमा रहेको पुप्पलाल स्मृति पार्कमा रक्तदानलगायत कार्यक्रमको आयोजना गरी उनको स्मरण गर्दै छ। पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नेता नेपाल कार्यक्रम स्थल पुगिसकेका छन्। 

यस्तै ओली समूहले दिउँसो तुलसीलाल प्रतिष्ठानमा पुष्पलालको सम्झनामा कार्यक्रम गर्ने भएको छ।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिभएका श्रेष्ठले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए। पुष्पलालले नेकपाको स्थापना कोलकाताको श्यामबजारमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा गरेका थिए।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन्। वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेर पञ्चायती निरंकुशताविरुद्ध लड्नुपर्ने पुष्पलालकै विचारबाट नेपालको राजनीतिक परिवर्तन अघि बढेको राजनीतिक विज्ञहरू बताउँछन्।

पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रचारमा ल्याए। यो नै नेपाली भाषाको पहिलो कम्युनिष्ट लेख बन्यो। पुष्पलाल श्रेष्ठले र नेतृ साहना प्रधानसँग विवाह गरे। वि.सं. २०१५ सालमा भएको आम निर्वाचनका क्रममा पुष्पलाल श्रेष्ठ देशका विभिन्न भागमा पुगेका थिए। 

कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुष्पलाल २०१६ सालमा तत्कालीन सोभियत संघसमेत गएका थिए भने त्यसैक्रममा उनले चीनको समेत भ्रमण गरेका थिए।

प्रकाशित: Jul 22, 2021| 02:39 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।