बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्दै

चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्दै

चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज काठमाडौ आइपुग्दै छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज काठमाडौ आइपुग्दै छ। १६ लाख डोज खोप बोकेर जहाज दिउँसो २ बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

बुधबारराति गएको जहाज आज आइपुग्ने निगमले जनाएको छ। सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो।

भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने र खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको नेपाल वायु सेवा निगमले जनाएको छ।

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ३२ लाख डोज र चीनले अनुदानमा दिन लागेको १६ लाख डोज खोप ल्याइने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख ल्याइने उनले बताए। 

जसका लागि आजदेखि तीन उडानमार्फत नियमीत खोप ल्याइने मन्त्रालयले जनाएको छ। सरकारले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइसकिएको छ।

प्रकाशित: Jul 22, 2021| 02:14 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।