बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

सल्यानमा आफ्नै दाइले भाइको हत्या गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका-५ खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षे सन्दीप परियारको हत्या गरेका हुन्। 
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

सुर्खेत- सल्यानमा आफ्नै दाइले भाइको हत्या गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका-५ खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षे सन्दीप परियारको हत्या गरेका हुन्। 

घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। इलाका प्रहरी कार्यालय सल्लिबजारले घटनाको थप अनुसन्धान गरिरहेको छ।

स्थानीय शरद परिवारका अनुसार सन्दिप र कपिलबीच मंगलबार साँझ मोवाइल चार्ज गर्ने विषयमा विवाद् भएको थियो। विवाद्पछि कपिलेले सन्दिपलाई मुडी (हलोमा लाग्ने फराई बनाउन प्रयोग हुने बस्तु)ले हिर्काएका थिए। मुडीले कन्चडमा लागेपछि सन्दिप बेहोस् भएका थिए। 

बेहोस भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो। उपचारका क्रममा सन्दिपको बुधबार दिउँसो मृत्यु भएको हो। कपिल र सन्दिप सहोदर दुई दाजुभाइका छोराहरू हुन्। दुई भाइ झगडाले सन्दिपको मृत्यु भएको हो। मृतक सन्दिप भगवति आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए।

प्रकाशित: Jul 22, 2021| 02:03 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।