सुर्खेत- सल्यानको पहिरोले होटल भत्काउँदा दुई जना मजदुर घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-८ का १३ वर्षीय युवराज डाँगी र सल्यानको कुमाख गाउँपालिका-२ का ५० वर्षीय लिलवहादुर रावत रहेका छन्।
दुबै जना बनगाड कुपिण्डे नगरपालिका-११ गंगटेमा रहेको भेरी हाइवे होटल एण्ड लजमा कार्यरत मजदुर हुन्। घाइते दुबै जनाको मेहलकुना अस्पताल सुर्खेतमा उपचार भैरहेको होटल सञ्चालक विनोद शाहले जनाए। अविरलको बर्षापछि बुधबार (साँझ) तिर पहिरोले होटल भत्काएको हो।