बिहीबार, भदौ ४, २०८३

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।  एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए। उनले बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने बताएका छन्।

यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो। बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो। 

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष एमालेको छ। बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पारित छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ। 

बैठकले आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने निष्कर्ष निकालेको छ। बैठक दिउँसो ३ बजे  बस्ने छ। बैठकमा एमाले एकताको विषयमा गम्भीर छलफल भइरहेको छ।

प्रकाशित: Jul 22, 2021| 01:08 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।