काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै उनको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्याउने बताएका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले गोरखनाथ मठका योगीसमेत रहेका युपीका मुख्यमन्त्री आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको फोटो सेयर गर्दै विश्वास खतरनाक कुरा हो, यसले तपाईंलाई दुध फालेर पिशाब पिउँन भन्छ भन्दै बुधबार ट्विट गरेका थिए।
नेता भट्टराईको यो ट्विटमाथि प्रतिक्रिया दिँदै कांग्रेस वरिष्ठ नेता पौडेलले लेखेका छन्, 'हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउँदैन।'
हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।
— Ram Chandra Paudel (@NcPaudel) July 21, 2021