बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कमिटीमा ओलीले गराए संविधानको धारा ७६(५) संशोधनको पहल गर्ने निर्णय

केन्द्रीय कमिटीमा ओलीले गराए संविधानको धारा ७६(५) संशोधनको पहल गर्ने निर्णय

'भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं। संविधानको धारा ७६ को उपधारा (५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउन पहल गर्छौँ,' उनले भने। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाल कम्यनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा (५) संशोधनका लागि पहल गर्ने निर्णय गरेको छ।

एमाले बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले संविधान संशोधनका लागि पहल गर्ने निर्णय भएको बताएका हुन्। 

'भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं। संविधानको धारा ७६ को उपधारा (५) को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउन पहल गर्छौँ,' उनले भने। 

संविधानको उक्त धाराकै व्यवस्थाका कारण आफू नेतृत्वको सरकार ढलेपछि ओलीले एमाले केन्द्रीय कमिटीबाट संशोधन गर्ने निर्णय गराएका हुन्। 

संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्।यसपछि सोही धाराको उपधारा (५) अनुसार आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मागदाबी गर्दै ओली राष्ट्रपतिसमक्ष पुगेका थिए। सोही व्यवस्थाअन्तर्गत कांग्रेसका सभापति पनि १४९ जनाको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मागदाबी गर्दै शेरबहादुर देउवा पनि राष्ट्रपतिकहाँ पुगेका थिए। तर राष्ट्रपतिले देउवा र ओली दुवैका मागदाबी योग्य नभएको भन्दै दुवैलाई खारेज गरेकी थिइन्। यसपछि जेठ ८ गते राती नै तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। 

राष्ट्रपतिका ती दुवै निर्णय असंवैधानिक भएकाले खारेज गर्न माग गर्दै देउवा १४६ जनाको हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले देउवाको माग अनुसार प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली संविधानको उक्त व्यवस्थासँग रुष्ट बनेका हुन्। 

प्रकाशित: Jul 21, 2021| 15:12 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।