बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भीम रावललाई माधव नेपालले भने- राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौंला

भीम रावललाई माधव नेपालले भने- राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौंला

'कमरेडले सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गर्छु। बाँकी कुरा पछि गरौँला,' नेपाललाई उद्धृत गर्दै एमाले अछामका अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले भने। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। बुधबार माधव नेपालसहित सुदूरपश्चिमका नेता तथा सांसदहरूले रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। 

'कमरेडले सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गर्छु। बाँकी कुरा पछि गरौँला,' नेपाललाई उद्धृत गर्दै एमाले अछामका अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले भने। 

आफ्नो समूहका भेला तथा बैठकमा रावल सहभागी हुन छोडेपछि माधव नेपाल उनलाई भेट्न रावल निवास नै पुगेका थिए। सो क्रममा रावल र नेपालसहितका नेताहरूबीच करिब दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो। 

नेता रावलले भने तत्काल कुनै प्रतिक्रिया नदिएको कुँवरको भनाइ छ। 
 

प्रकाशित: Jul 21, 2021| 14:54 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।