काठमाडौं– असार तेस्रो साता ललितपुरकोे सानेपामा भारतीय नागरिक सत्यनारायण पारिककोे हत्यामा तीन जनाकोे संलग्नता हुन सक्ने अनुमान प्रहरीले गरेको छ। तर, उनीहरुको पहिचान भने प्रहरीले गर्न सकेको छैन।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्रकुवेर खापुङले सत्यनारायणको हत्यामा तीन जनाकोे संलग्नता रहेको आधार देखिए पनि पहिचान हुन नसकेको बताए। ‘घटनास्थलकोे निगरानीमा तीन जनाको फुट प्रिन्ट देखिएकाले उनीहरुले नै हत्या गरेको हो भन्नेमा छौं,’ उनले भने, ‘फुट स्टेप देखिए पनि हत्याराकोे पहिचान भने हुन सकेकोे छैन।’
सत्यनारायणको योजनाबद्ध तरिकाले हत्या गरिएकोमा प्रहरी विश्वस्त छ। तीन जनाकोे समूह पानी परेकोे बेला राति १० बजेतिर सत्यनारायणको घरभित्र हत्याराहरु पसेकोे प्रहरीको प्रारम्भिक अनुमान छ। ‘हत्याराको फुट प्रिन्टकोे आधारमा प्रहरीले खोेजी गरिरहेको छ, सत्यनारायणको हत्या योजनावद्ध तरिकाले गरेको देखिएकोे छ,’ एसएसपी खापुङले भने।
खापुङले घटनाबारे अनुसन्धानका लागि पारिकको फ्ल्याटमा काम गर्ने दुई महिलालाई पनि निगरानीमा राखेको छ। प्रहरीले महिलालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकोे भए पनि कुनै क्लु भने पाउन सकेको छैन।
प्रहरीले घटनास्थलमा देखिएका, भेटिएका सबै कुरालाई कनेक्ट गरेर घटनाको अनुसन्धान गरिरहेको खापुङले जानकारी दिए। प्रहरीकोे प्रारम्भिक अनुसन्धानले पारिककोे हत्या नजिकैका र चिनेजानेकै मान्छेबाट भएको हुन सक्ने देखाएकोे छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले पनि पारिककोे हत्या नियोजित तरिकाबाट गरिएकोे बताइन्। घटना भएकोे दिन भारी वर्षा भएकाले तालिम प्राप्त कुकुरले समेत हत्यारा पत्ता लाउन नसकेको भन्दै उनले घटनामा देखिएका सबै प्रमाणलाई एक अर्कासँग कनेक्ट गरेर अनुसन्धान गरिरहेको बताइन्।
‘घटनास्थलमा भेटिएका हत्याराका पदचाप र सिसिटिभीमा देखिएका केही फुटेजका आधारमा अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्यले नेपाल समयसँग भनिन्।
घटनामा संंलग्नता रहेकोे हुनसक्ने भन्दै प्रहरीले मृतक सत्यनारायणकोे फ्ल्याटमा काम गर्ने दुई महिलालाई पनि केरकार गरिरहेको उनको भनाइ छ। उनीहरुबाट कुनै क्लु भने मिलेको छैन।
हत्या भएकोे राति ती महिलासँग पारिकको फोेनमा कुरा भएको देखिएको छ। उनीहरु दुवै पारिकका लागि खाना पकाउने काम गर्थे। असार २० गते शनिबार सत्यनारायण पारिकको सानेपामा आफ्नै फ्ल्याटमा हत्या भएको थियोे। हत्यारा झ्यालबाट भित्र पसेर उनकोे हत्या गरेका थिए।
हत्यारा समूहले झ्यालको सिसा फुटाएको र ज्यालि च्यातेकोे थियोे। प्रहरीका अनुसार पारिककोे टाउकोमा चार–पाँच ठाउँमा ह्यामरले हानेको घाउहरु थिए। प्रहरीले ह्यामरले पटकपटक टाउकोमा हिर्काउदा पारिककोे ज्यान गएको बताएको छ।
सत्यनारायण २५ वर्षदेखि काठमाडौंमा काम गर्दैै आएका थिए। उनी दुई वर्षदेखि न्युरोेडमा रहेको एट्लान्टिक कम्प्युटर प्रालिमा सेल्स मेनका रुपमा काम गरिरहेका थिए। प्रहरीले चोरीका लागि नै सत्यनारायणको हत्या भएको बताएको छ।