बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले मन्त्री बनाउने व्यक्तिका बारेमा निर्णय लिन सकेन

माओवादीले मन्त्री बनाउने व्यक्तिका बारेमा निर्णय लिन सकेन

पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न नसकेको हो।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– मन्त्री कसलाई बनाउने भन्ने विषयमा माओवादी केन्द्र अनिर्णित भएको छ। पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न नसकेको हो। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि माओवादीबाट जनार्दन शर्मा र फम्पा भुसाल मन्त्री बनेका छन्। 

अबको गठबन्धन मुख्यतः सरकारका नीति योजना काम कारबाहीमै नै केन्द्रित गर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘ यसअघि जेजस्ता काम भए ती नदोहोरिऊन् भन्ने हाम्रो छ।’ माओवादीले गठबन्धनका पार्टी मिलेर साझा कार्यक्रम तय गर्न आह्वान गरेको छ। 

स्थायी कमिटी बैठकले साउन २० मा केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यसअघि साउन १७ मा स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ। 

यसअघि स्थायी कमिटी सदस्य गणेश शाहले सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाइएको बताएका थिए। माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन्। 

प्रकाशित: Jul 21, 2021| 11:28 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।