बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा घोषणा

कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा घोषणा

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।  
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।  

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धनुषा, सर्लाही र बाराका कांग्रेस नेता कार्यकर्ता केही दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन्। सांसद सिंह पनि नेता–कार्यकर्तासँगै अनसनमा छन्।  

उनले विहिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको बताए। ‘म आजै बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने छु,’ उनले भने, ‘क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिँदैछु।’

सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको उनले बताए। कार्यकर्ताको माग पूरा गराउन आफूले राजीनामा दिन लागेको उनको भनाइ छ।

प्रकाशित: Jul 21, 2021| 11:08 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।