बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठकमा नआएपछि भीम रावललाई भेट्न घरमै पुगे माधव नेपाल

बैठकमा नआएपछि भीम रावललाई भेट्न घरमै पुगे माधव नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। उक्त समूहको आजको बैठकमा नआएपछि रावललाई भेट्न नेपाल घरैमा पुगेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन ३ साउनमा सांसदबाट राजीनामा घोषणा गरेका रावल त्यसयता नेपाल समूहको बैठकमा सहभागी भएका छैनन्। न त ओलीतिर लागेका छन्।  

विगतमा प्रधानमन्त्री ओलीका हरेक कदमको विरोध गर्दै आएका रावलले केही दिनअघि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यद्यपि उनको राजीनामा स्वीकृत भए–नभएको केही औपचारिक जानकारी बाहिर आएको छैन। 

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई माधवकुमार नेपालले अस्वीकार गर्ने बताएपछि आफूले राजीनामा दिएको रावलले बताउँदै आएका छन्। वरिष्ठ नेता नेपालले आफूलाई विश्वास नगरेको उनको भनाइ छ। एमाले विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलमा रावल नेपाल समूहबाट संयोजक थिए। 

मंगलबार रावलले आफूलाई राजनीतिक रूपमा बेबकुफ बनाउने काम भएको गुनासो गरेका थिए। आफू निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरूसँगको सामूहिक भेटघाट गरी उनले यस्तो बताएका हुन्। 

सुदूरपश्चिमका नेताहरूले भने प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। मंगलबार काठमाडौं आइपुगेका सुदूरपश्चिम प्रदेश सरकारका ४ जना मन्त्रीसहित सांसदहरुले उपाध्यक्ष रावललाई उनको निवास टोखामा भेटेर यस्तो आग्रह गरेको भेटमा सहभागी एक सांसदले जानकारी दिए। 

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई अस्वीकार गर्ने बताइएपछि आफूले राजीनामा दिएको रावलले बताएका थिए। 

पार्टी एकताको पक्षमा भएको १० बुँदे सहमतिलाई अक्षरशः पालना गरेर जानुपर्ने भएपनि त्यसको विपरीत गरिएको नेता रावलको भनाइ थियो। छलफलमा नेपाल पक्षले तत्कालै नयाँ पार्टी बनाएर निर्वाचनमा जान सक्ने अवस्था नरहेको पनि नेता रावलको भनाइ थियो। 

सरकारलाई समर्थन गरे माधव नेपाल पक्ष भइने र नगरे केपी शर्मा ओली पक्ष भइने अवस्था सिर्जना भएकाले आफूले एमाले एकताका लागि राजीनामा दिन बाध्य भएको रावलको प्रष्टोक्ति थियो। 
 

प्रकाशित: Jul 21, 2021| 11:00 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।