बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूको ब्रिफिङ, कारबाहीको निर्णय भएन

एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूको ब्रिफिङ, कारबाहीको निर्णय भएन

नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षले आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका छन्। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षले आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका छन्। 

एमाले ओली समूहका केन्द्रीय सदस्यमात्र उपस्थित बैठकमा प्रदेश अध्यक्षहरुले आफ्नो प्रदेशको संगठनात्मक अवस्था, शक्ति सन्तुलन, पार्टी गतिविधि, पार्टी फुट्दा के हुन्छ, चुनावमा कस्तो असर पर्छ भन्नेबारे प्रतिवेदन पेश गरेको र सुझावहरु दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘पार्टीभित्रको अन्योल सकिएर पार्टी एउटा गतिमा अघि बढ्नुपर्छ, प्रशिक्षणहरु हुनुपर्छ भन्ने सुझाव आएका छन्,’ ज्ञवालीले भने।

बैठकमा पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदलले गरेको प्रयासको बारेमा जानकारी गराएका थिए। 

सोमबार सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे प्रतिवेदन पारित गरिसकेको छ। बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए। 

उता, एमालेकै माधवकुमार नेपाल पक्षले भने आफ्नो खेमाको छुट्टै बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे काठमाडौंको एक होटलमा बस्ने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने एक नेताले जानकारी दिए।

यसअघि आज मंगलबार वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ।

देउवालाई विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई ओली पक्षले  २४ घण्टे स्पष्टीकरण सोधेको छ। तर उनीहरूले स्पष्टीकरण दिएका छैनन्। 

ओली पक्षको आजको बैठकले उनीहरुलाई कारबाही गर्ने बताइए पनि त्यसबारे केही निर्णय भएन। यसरबो पत्रकारले राखेको जिज्ञासामा प्रवक्ता ज्ञवालीले सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घण्टासम्म पर्खिने बताए। बैठक बुधबार ३ बजे बस्ने गरी सकिएको छ।

प्रकाशित: Jul 20, 2021| 13:34 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।