आइतबार, जेठ ३, २०८३

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

परीक्षा बिहान १०ः४५ बजेदेखि तीन घण्टासम्म सञ्चालन हुनेछन्। परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

National life

परीक्षा बिहान १०ः४५ बजेदेखि तीन घण्टासम्म सञ्चालन हुनेछन्। परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

माध्यामिक तहको अन्तिममा लिइने भएकाले कक्षा १२ को परीक्षा यो वर्ष सय पूर्णांककै हुने भएको छ। होम सेन्टर तोकेर देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जानकारी दिएको छ।

गत वर्ष बोर्डले ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गरेको थियो। बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनलाई आधार मानी बोर्डले प्रमाणीकरण गरेको थियो। यस वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। 

 

प्रकाशित: Jul 20, 2021| 13:26 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्