काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो खेमाको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे काठमाडौंको एक होटलमा बस्ने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने एक नेताले जानकारी दिए।
यसअघि आज मंगलबार वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूसँग छलफल गरेका थिए।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन्। प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ।