धनगढी- अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेका छन्। डुबान खोल्नका लागि गएको प्रशासनमाथि धनगढी २ का स्थानीयले ढुंगामुढा गरी अवरोध गरेका थिए।
स्थानीयको अवरोधपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। यसपछि भीड झन् आक्रोशित भएको थियो। यसपछि स्थानीयले ढुंगामुढा गर्दा १० प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना सशस्त्र र ४ जना नेपाल प्रहरी घाइते भएका हुन्।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो। यसअघि भएको डुबानका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा क्षति पुगेको छ। तत्काल निकास नखोजिए धनगढीमा ब्ल्याकआउट हुन सक्ने केन्द्रले बताएको थियो।