काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको प्रदेश कमिटी अध्यक्षहरूले तल्लो तहको राजनीतिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएर ओलीले पालैपालो प्रदेश कमिटीका अध्यक्षहरूको ब्रिफिङ सुनिरहेका छन्।
ओलीलाई स्थानीय तहसम्मको राजनीतिक अवस्थाबारे प्रदेश कमिटी अध्यक्षहरूले ब्रिफिङ गरेको बताइएको छ।
जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ। माधवकुमार नेपालले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद् तथा आफू निकट नेताहरूसँग बानेश्वरस्थित अर्याल होटलमा छलफल गरिरहेका छन्।
ओली पक्षले देउवालाई विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ नेताहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर उनीहरूले स्पष्टीकरण दिएका छैनन्।