मंगलबार, वैशाख ९, २०८२

यी अभिनेत्री जो आमा बन्ने प्रक्रियामा रमाइरहेकी छिन्

अर्को महिना अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। आमा हुनुको अर्थ त्यत्तिकै गहिरो, अग्लो र फराकिलो छ। त्यसैले त गर्भवती भएको पहिलो महिनादेखि नै उनी यो प्रक्रियामा निःशर्त रमाइरहेकी छिन्।  
 |  मंगलबार, साउन ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

vianetvianet

काठमाडौं- अर्को महिना अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। आमा हुनुको अर्थ त्यत्तिकै गहिरो, अग्लो र फराकिलो छ। त्यसैले त गर्भवती भएको पहिलो महिनादेखि नै उनी यो प्रक्रियामा निःशर्त रमाइरहेकी छिन्।  

triton college

उनी निरन्तर सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरुसँग यो खुसी र उत्साह साटिरहेकी छिन्। कहिले ‘बेबी बम्प’ तस्बिर राख्दै, कहिले भिडियो अनुभूति राख्दै त कहिले साथीहरुले दिएको ‘सरप्राइज’ सेयर गर्दै। 

आमा बन्ने प्रक्रियालाई पश्चिमा शैलीमा ‘सेलिब्रेट’ गरेको भन्दै कतिपयले उनको ‘ट्रोल’ नबनाएका होइनन्, तर उनले साटिरहेका खुसीसामु ती पनि बिलाइरहेका छन्। दुई हप्ता अघिमात्रै प्रियंकाका मिल्ने साथीहरुले उनलाई ‘सरप्राइज’ बेबी सावर दिए। त्यसको एक हप्तापछि फेरि प्रियंकाका अभिनेता श्रीमान् आयुषमान देशराज जोशीले अर्को ‘बेबी सावर’ सरप्राइज दिए। 

यी दुवै ‘सरप्राइज’लाई प्रियंकाले आफ्नो सामाजिक सञ्जालमा खुसी हुँदै सेयर गरिन्। ‘बेबी सावर’ जन्मिँदै गरेको बच्चाको खुसी साट्ने एउटा लोकप्रिय तरिका हो, उत्सव हो। अमेरिकाबाट सुरु भएको यो ‘ट्रेन्ड’ बेलायत हुँदै अहिले विश्वभर चल्तीमा छ। यो उत्सवलाई धेरैजसो परिवार या साथीसंगीले मनाइदिने गर्छन्। र, जन्मँदै गरेको बच्चा र आमाका लागि उपहार पनि दिने गर्छन्।  

National life insurance

बच्चा जन्मिने दिन नजिकिँदै गर्दा प्रियंकाको खुसीको धड्कन पनि बढिरहेको छ। बच्चाको स्वागतमा उनी रमाउने क्रम रोकिएको छैन। ‘बेबी सावर’पछि उनले फेरि आफ्ना प्रिय साथीहरुसँग काठमाडौंको एलफ्ट लाउन्जमा ‘गाला पार्टी’ गरेकी छिन्। सोमबारमात्रै पार्टीका तस्बिरहरु सार्वजनिक गरेकी उनले फेरि मंगलबार साथीहरुसँग स्विमिङ पुलको तस्बिर सार्वजनिक गरेकी छिन्। अनि लेखेकी छिन्, ‘टोटल वाटर बेबी।’ 

आफू एकदमै खुसी हुने ठाउँमा लगेर जन्मिँदै गरेको आफ्नो बच्चालाई नुहाइदिएको उनको आशय छ। प्रियंका–आयुषमानले आफ्नो जन्मिँदै गरेको बच्चालाई ‘आयंका’ नाम दिएका छन्। 

प्रियंका सुरुमा गर्भवती समयसँग निकै डराएकी थिइन् तर अचेल रमाइरहेको बताउँछिन्। ‘मलाई एन्जाइटी थियो। त्यसैले गर्भवती समयलाई सम्हाल्न सक्छु कि सक्दिनँ भन्ने लागिरहन्थ्यो,’ प्रियंकाले साथीहरुसँग बेबी सावर मनाउने क्रममा भनेकी थिइन्, ‘लाग्थ्यो, यो ठूलो जिम्मेवारी हो, मैले सक्दिन होला। तर, जब गर्भावस्था त्रैमासिक समयमा पुग्यो, ममा आत्मविश्वास झन् बढ्यो। जब मैले मभित्र सानो मान्छे छ, जो अलिकति मेरो र अलिकति मेरो श्रीमानको प्रेमका कारण हुर्किएको छ भनेर सोच्न थालेँ, मभित्रको सबै किसिमको डर एकाएक हटेर गयो।’

 

प्रियंका सन्तानलाई अहिले आफ्नो जीवनकै सबैभन्दा ठूलो ‘प्रोजेक्ट’ ठानिरहेकी छिन्। भन्छिन्, ‘म निकै खुशी छु। मेरो सन्तानलाई यो धर्तीमा स्वागत गर्नका लागि म एकदमै उत्साहित छु। यो मेरा लागि जीवनकै सबैभन्दा खुसीको समय हो। र, मेरो यो खुसीको प्रक्रियालाई यहाँहरुसमक्ष बाँड्न पाउँदा म निकै उत्साहित पनि छु।’ 

प्रियंकासँगै अर्की अभिनेत्री ऋचा शर्मा पनि यतिबेला गर्भवती छिन्। दुवै करिब–करिब एकै समयमा गर्भवती भएका हुन्, त्यसैले एकै समयमा आमा बन्दैछन्। प्रियंकाका अनुसार उनी ऋचाभन्दा एक हप्ताअगाडि मात्रै गर्भवती भएकी हुन्। यी दुवैले दुई महिनाअघि भेटेर आ–आफ्नो अनुभव साटेका थिए र आ–आफ्नो युट्युब च्यानलमा राखेका थिए। 

त्यतिबेला दुवैले आ–आफ्नो गर्भावस्थाका सुख–दुःख, खुसी–उत्साह साटेका थिए। दुवैले एकअर्काको बेबी बम्पलाई प्रेमपूर्वक छोएका थिए, दुवैले एकअर्कालाई ‘मम्मी’ भन्दै सम्बोधन गरेका थिए। 

यो प्रक्रियामा उनीहरु कति रमाइरहेका छन्, त्यतिबेला पनि स्पष्ट झल्किन्थ्यो। तर, एकथरीले त्यतिबेला पनि ‘ट्रोल’ बनाउन छाडेका थिएनन्। तैपनि प्रियंका मौन भइन्। सायद मनमनै जवाफ दिइरहेकी थिइन्, ‘ट्रोल बनाउनका पनि आमा छन्, थिइन्।’

 

–सबै तस्बिर प्रियंकाको फेसबुकबाट

प्रकाशित: Jul 20, 2021| 11:42 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्