बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले माग सम्बोधनको प्रतिबद्धता गरेकाले विश्वासको मत दिएका हौँ : महन्थ ठाकुर

प्रधानमन्त्रीले माग सम्बोधनको प्रतिबद्धता गरेकाले विश्वासको मत दिएका हौँ : महन्थ ठाकुर

'जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसंग सम्बन्धित माग/मुद्दाहरुको साथै राजनीतिक समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले विश्वासको मत दिइएको प्रष्ट पारेका छन्। श्रावण २-५ गते बसेको जसपा ठाकुर पक्षीय बैठकले यस्तो निर्णय गरेको हो। 

'जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसंग सम्बन्धित माग/मुद्दाहरुको साथै राजनीतिक समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। 

उक्त माग/मुद्दाहरुको सम्बोधन गर्नका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका मुद्दाका सम्बन्धमा प्रक्रिया अघि बढाएकाले धन्यवाद दिने निर्णय समेत गरेको बतायएको छ। यस्तै नेपाल-भारत सीमामा आवतजावत सहज बनाउन समेत माग गरेको छ। 

No description available.

No description available.

प्रकाशित: Jul 20, 2021| 11:19 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।